दैलेख नालापानिको युद्ध भन्दा बेसी युद्ध भूमिको रुपमा परिचित जिल्ला हो । न्यायको लागि आवाज उठाउँदा पनि एमाओवादीले त्यसलाई आफ्नो हुकुमी शैलीमा डलरमणिहरुको खेतीको संज्ञा दिएर आम दैलेखी जनसमुदायहरुलाई गुण्डाको उपमा दिए । यो कुराले आम जिल्लावासिहरुको ईज्जतमाथी प्रश्न चिन्ह समेत उठायो ?
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याको विषयमा हत्यारा उम्काउन लागेको बाबुराम भट्टराईको तत्कालिन सरकारले दैलेखी जनताहरुमाथी गरेको बलमिचाईको गतिलो झापड दिएका दैलेखवासिहरु सँग अँझै पनि उनि त्रसित मानसिकतामा रुमलिएको स्पष्ट भएको छ । दुल्लूको एमाओवादी सभालाई सम्वोधन गर्न आएका भट्टराईले सुरक्षा बन्दोवस्त हुँदा हुँदै फरक लोकेसनमा हेलिकप्टर ओराले अनि सभालाई सम्बोदन गर्दे अँझै पनि भुरे टाकुरे राज्य झै गरि सामान्त सोच कायमै रहेको भन्दै व्याँग्य समेत गर्न पछि परेनन् ।
दैलेखमा बहादुर जनताहरुले देखाएको तात्कालिन न्यायको लडाँईको साहसलाई गलत ब्याख्या गर्दै अन्यत्र जिल्लाका सभा र समाहरोहमा गुण्डा र चोरको उपाधि दिदै हिडेका उनिहरुले अहिले यिनै दैलेखी जनताहरु समक्ष आएर चुनावी भोट माग्नुभन्दा पहिले, एपटक माफि माग्नुपर्ने हो की होईन् ?
सम्वन्ध एमाओवादी, काँग्रेस र एमाले लगायतका अन्य दलहरुको होईन केवल न्याय माग्दा समेत ठगिएका दैलेखी जनताहरुले एमाओवादीको सरकार वा एमाओवादकिो विजय पछि झनै के आशा गर्ने उनीहरुले यसवारे आम जनसमुदायहरुलाई स्पष्ट पार्नुपर्ने देखिन्छ ।





